जथाभावी फोहोर फाल्ने एनआईसी बैंकलाई ११ हजार रुपैयाँ जरिवाना

समदृष्टि
समदृष्टि ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ- वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ ।

महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एनआईसी एसिया बैंकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगञ्ज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगञ्ज महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरले विगत एक सातायता नगर क्षेत्र भित्र जथाभावी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array