आफ्नो भविष्य बनाउन गएकी उनलाई नै विगत बनाइदिए

समदृष्टि
समदृष्टि १९ फाल्गुन २०८०, शनिबार
2 Min Read
Aa

आफ्नो भविष्य बनाउन गएकी उनलाई नै विगत बनाइदिए,
हत्या गरेर निर्लज्ज भइ मृत्युको कारण आत्महत्या जनाइदिए।
न्यायको आश? यहाँ त प्रहरी माथिबाट आदेश नआइ जाहेरी लिन्नन,
दैव,यहाँ बालिका लाई कोपिलामै सखाप पार्छन्, फल्न फक्रिन दिनन्।
आँखा रसाउछ्,दिनानुदिन जब यस्ता घटना अखबार को हेडलाइनमा आउँछन्,
नेपालको कानुन बाट पीडितले न्याय हैन,अपराधीले सुरक्षा पाउँछन्।
पहिले छोरीलाई जन्म दिन मान्दैन थिए वंश धान्न छोराको चाहमा,
अहिले छोरी जन्माउन डराउँछन्,अर्को राक्षसको सिकार हुन्छे भन्ने डाहमा।
कलियुगमा रावण सीता हरण गर्छन्,बचाउन दुर्भाग्यवश राम छैनन् कतै
बचाउ छोरी ए बुवा आमा, यहाँ काका र दाजुभाइ पनि यिनका आफ्ना हैनन् कतै,

उनी फुल्न चाहन्थिन् होला, उनी आफ्नो सपनाको सहरमा भुल्न चाहन्थिन् होला,
उनको यो हविगत गर्ने दैत्यलाई पनि कुनै समय आफ्नै मान्छे मान्थिन होला
ए दैव यी तिम्रै सन्तान हुन्, के बिराइन् यिनले र यो विघ्नको सजाय दिएको,
१३ वर्षे चेलीले आत्महत्या गर्लिन्? हैन अपराध ढाकछोप गर्ने के वाइयात उपाय लिएको ।
कठै यिनका बुवा आमा, यिनी नासिएको देख्दा के बीत्यो होला त्यो मनमा,
छोरी कहीँ सुरक्षित छैनन्, न उज्यालो कोठा, न मन्दिर , न घनघोर वनमा।

हामी केही गर्न सक्दैनौं, कामना छ बैनी,तिम्रो आत्माले शान्ति संगै दोषीले कारवाही पाओस्,
शीघ्र अत्ति शीघ्र, छोरी डराउनु पर्ने हैन्, स्वन्त्र संग आफ्नो उडान भर्न सक्ने सुरक्षित समाज चाहिँ आवोस।
तिमी अस्ताई गयौ, तिम्रो न्याय को लागि उठेका आवाज सेलाएर नजाउन,
बलत्कृत भएर जीवन त्याग्न प्रभु, धर्तीमा अब एउटै पनि चेली नआउन।

– अमिरा संजेल

प्रतिक्रिया दिनुहोस्

Array