कोन्ज्योसोम गाउँपालिकाको वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

संगम श्रेष्ठ
संगम श्रेष्ठ ११ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक  कोन्ज्योसोम गाउँपालिका हो । यस गाउँपालिकाको  क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि रहेको छ भने समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्मको उचाइमा रहेको छ । यस गाउँपालिकाको  कुल जनसङ्ख्या ९७०९ रहेको  छ। यस गाउँपालिकामा ५ वटा  वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ  रहेका छन्।

५ वटै वडाहरुमा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएपछि आज फागुन ११ गते आ.व २०७९/८० र चालू आ.व ८०/८१ को “विकास निर्माण तथा सेवा प्रवाह” लगायतका विषयमा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

यस कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, राजनीतिकदलका प्रतिनिधिहरू, कर्मचारीहरू, शिक्षकहरू, स्वास्थ्य संस्थाका प्रतिनिधिहरू लगायत स्थानीय व्यक्तिहरूको पनि उपस्थितिमा थियो ।

प्रतिक्रिया दिनुहोस्

Array