हरिवंश आचार्यको मन छुने ३० भनाइहरू

समदृष्टि
समदृष्टि ६ चैत्र २०८०, मंगलवार
6 Min Read
Aa

हरिवंश आचार्य ज्यूलाई म कुन शब्दबाट सम्बोधन गरौँ त्यो मलाई थाहा छैन् । उहाँको चेलिचलचित्रबाट मेरो बालापन कति रङ्गीएको थियो म वयान गर्न पनि सक्दिन् । उहाँले लेख्नु भएको यस महान् कृति पढन पाउँदा म निकै खुशी छु । उहाँको जीवनीको बारेमा मैले अझै नजिकबाट चिन्ने मैका पाए । सबैको दिल दिमागमा बस्न योग्य र अरुलाई हासाउँन सक्ने एक पात्र जसको जीवनमा यति साह्रो दुःखको अवस्थाहरु पार गरेर आज म जस्तो व्यक्तिको उत्प्रेरणाको स्रोत बन्नु भएको छ । अरुको लागि यो पुस्तक कस्तो लाग्यो सो मलाई थाहा छैन र कस्तो लाग्छ त्यो पनि मलाई थाहा छैन तर मेरो लागि यो पुस्तक एक जीवन उन्नतिको स्रोत भएको छ । दुःखी जीवनमा अति कति खुशी साथै जिएर अरुलाई अर्थपूर्ण जीवन जिउन सिकाउँने व्यक्ति नै महान् हो र त्यो व्यक्ति हरिवंश आचार्य ज्यू हो । उहाँले लेख्नु भएको चिनो हराएको मान्छे नामक कृतिबाट मैले यहाँ उहाँको केही मन छुने शब्दहरु उत्तार्ने जमर्को गरेको छु ।

१.दुःख भनेको अँध्यारो, सुख भनेको उज्यालो हुन्छ भन्छन् । तर अँध्यारो र उज्यालो नभई दिन बन्दैन । म ती दुःखका दिनहरुसँग कृतज्ञ छु । ती दिन मेरा जीवनमा नआएका भए म संघर्ष गर्नै सक्ने थिइनँ ।

२.मेरो जीवनमा नेवार जस्तो इष्ट कोही भएन । कुनै जात र धर्मका मानिस मेरा लागि दुष्ट भएनन् । मैले पनि सबै जात, धर्म र वर्गका मानिसको इष्ट हुने मौका पाएँ ।

३.करुणाको गुण नभएको मान्छे कलाकार वा सिर्जनशील हुनै सक्तैन ।

४.जूनकीरी भनेको उज्यालोको बिम्ब हो, पूर्ण उज्यालो होइन । तर करोडौँ जूनकीरीहरुको उज्यालो भने अवश्य पनि पूर्ण उज्यालो हुन्छ ।

५.फूल फूलै हो, त्यसलाई अझ राम्रो बनाउन थप सिँगार्नुपर्दैन । प्रकृतिले भरिदिएको रङ नै फूलको वास्तविक शृङ्गार हो ।

६.उनी कहिल्यै महत्त्वाकाङ्क्षी भइनन्– दुःखमा कहिल्यै आत्तिइनन्, सुखमा पनि कहिल्यै मात्तिइनन् ।७.मान्छे आफूसँग जे छ, त्यसमा सन्तुष्टि लियो भने तनाव कम हुन्छ ।

८.म जीवनान धेरै पटक धेरै रोएँ ।

९.जो जबर्जस्ती जन्मन्छ, उसले काललाई पनि जित्ज सक्छ ।

१०.कुनै मान्छे संसारमा आउनु छ र उसले यो संसारमा केही गर्नु छ भने त्यो बच्चा जसरी पनि जन्मँदो रहेछ ।

११.धेरैले भन्ने गर्दन्– अरुलाई हँसाउँने मान्छे आफूचाहिँ आँसुमा डुबेको हुन्छ । अरुलाई हँसाउनेको कर्मै यस्तो हुन्छ रे ।

१२.सन्देश भनेको प्रायः तीतो हुन्छ । सन्देश दिँदा मान्छेले मनोसञ्जन पायँदैन ।

१३.सबैभन्दा ठूलो तक्मा भनेको नेपाली जनताले गरेको माया हो, त्यो पाएका छौँ हामीले ।

१३.कलमले जीवनका कुराहरु लेखेर सफल भए पनि असफल भए पनि म लेखक भएको छु ।

१४.मान्छेको एउटै मात्र जात हुन्छ । त्यो जात भनेका मान्छे नै हो ।

१५.मैले झिँगाहरु पनि झगडा गरिरहेको देखेको छु ।…हामी त झन् मान्छे सर्वश्रेष्ठ प्राणी ।

१६.मित्रता जोगाइरहन पनि अनुशासित हुनुपर्छ ।

१७.नेपालका नेताहरुको कमजोरीले गर्दा नै देश निर्बल भयो ।

१८.हुन त म राजनीति गर्ने मान्छे हुँदै होइन तर सानो दिमागले विचार गर्दा एउटै कारणले नेपाल बिग्रन सुरु भएको हो– शासकले देशलाई धनी बनाउने होइन, आफू धनी हुने इच्छा राख्नु ।

१९.भारतले नेपाललाई बन्न पनि दिँदैन, बिग्रन पनि दिँदैन ।

२०.नेपाल न भारतले बनाइदिएर बन्छ न चीनले बनाएर । वास्तवमा नेपाल नेपालीले बनाए मात्र बन्छ ।

२१.नेपाल बने हामी नेपालीहरु त्यसै बन्छौँ ।

२२.मान्छे जहाँ अवसर हुन्छ, त्यहाँ पुग्छ ।

२३.पारिवारिक समस्या बढ्यो भने घर बर्बाद हुन्छ । जातीय, वर्गाीय, धार्मिक, भाषिक, क्षेत्रीय समस्या बढ्यो भने देश बर्बाद हुन्छ ।

२४.मान्छे जन्मँदा जाति, भाषा छानेर जन्मन पाउँदैन । मान्छे बन्ने भ्रूणको कुनै जात, भाषा, धर्म हँुदैन ।

२५.ज्योतिषीले बनाएको चिना भएर पनि भविष्य रहस्यमय छ । भालि के हुन्छ ? कतिखेर कोसँग मिलन हुन्छ र कतिखेर कोसँग बिछोड, केही थाहा हुँदैन । यहाँ चिना हुने मान्छेहरुको पनि चिना हराएको छ ।

२६. हुन त सत्ता भनेको सत्तै हो । खान नपाएर बिरालोको जस्तो अनुहार भएका नेता सत्तामा पुगेपछि बाध जस्ता देखिन थाले ।

२७. मान्छे जन्मँदा जाति, वर्ग, भाषा छानेर जन्मन पाउँदैन ।

२८.जोडी सफल हुन दुवैबमे अन्तरमनदेखि नै मिलन हुनुपर्छ, मिहिनेती हुनुपर्छ, स्वाथए कम र इमान्दारी बढी हुनुपर्छ ।

२९.जीवन भौतिकवाद र रहस्यवादको बीचबाटो हिँड्दो रहेछ । हिड्दै जाँदा कहिले भौतिकवादको बाटोतिर चिप्लिएर पुगिँदो रहेछ, कहिले रहस्यवादको बाटोतिर ।

३०.हरेक बाआमा आफ्ना छोराछोरीलाई यो बनाउने वा त्यो बनाउने भनेर कल्पना गर्छन् । ममता र अपनत्वमा त्यो स्वभाविक पनि हो तर व्यवहारतः उपयुक्त होइन । बाआमाले छोराछोरीलाई उच्च शिक्षा दिलाउने सपना राख्नुपर्छ तर उसलाई प्रकृतिले दिएको प्रतिभाभन्दा फरक होइन । उसको झुकाव कतातिर छ, त्यो छान्ने अधिकार छोराछोरीलाई नै दिनुपर्छ ।

अर्को जन्ममा म देवता हुन्छु देवतालाई मान्छे बनाउँछु तिमीहरुको चिना म आफैँ लेख्छु भएपनि दशा तिमीहरुलाई खन्याउँछु …

यहाँ उल्लेख गरिएको सम्पूर्ण शब्दहरु, हरिवंश आचार्य ज्यूले लेख्नुभएको “चिनो हराएको मान्छे” भन्ने पुस्तकबाट साभार गरिएको हो । यदि तपाईहरुले यो पुस्तक पढ्नु भएको छैन भने म आग्रह गर्न चाहान्छु कि यो पुस्तक एक पटक पढि दिनु होला । म पक्का सँग भन्ने छु कि यो पुस्तकको अध्ययन पछि तपाईले जीवनमा एक नयाँ जोश र जीवनमा नयाँ लक्ष्यका साथै जीवनमा बाँच्नु पर्छ भन्ने सामथ्र्य बटुल्नु हुनेछ ।यस लेख पढिदिनु भएकोमा धन्यवाद कृपया अरूलाइ पनि शेयर गरिदिनु हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

Array