जेलेन्स्की चढेको गाडी दुर्घटनामा परेको छ

समदृष्टि
समदृष्टि ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ । राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन । ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन् । राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array