कोन्ज्योसोम गाउपालिकाले दुई दिने ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने

समदृष्टि
समदृष्टि १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

ललितपुर कोन्ज्योसोम गाउँपालिकाले तामाङ समुदायको २८५७ औँ लाङ ल्हो सोनाम ल्होछार मनाउने भएको छ।

आगामी माघ २१ र २२ गते दुई दिन हुन लागेको कार्यक्रममा माघ २१ गते लामा गुरुहरु बाट विषेश धार्मिक पुजा र २२ गते संस्कृतिक कार्यक्रम लगाएत खेलकुदको कार्यक्रम समेत रहेको छ।

गाउँपालिकाको काम्ले चौर खेलकुद मैदान चौघरेमा हुन लागेको कार्यक्रममा बागमती प्रदेश माननीय सामाजिक बिकास मन्त्री कुमारि मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा उत्कृष्ट खेलाडिहरुलाइ नगद सहित संम्मान गरिने छ।

आफ्नो पहिचान कला धर्म संस्कृति हरुलाइ हामिले जोगाउन सके मात्र भावी सन्तति हरुको लागि संस्कृतिको महत्व बुझ्न सजिलो हुने भएकोले कार्यक्रम गर्न लागिएको गाउपालिका प्रबक्ता तिर्थ ग्लानले बताउनु भयो।कार्यक्रममा गायिका इन्द्रिरा गोले सिर्जना स्याङतन गायक सानुबाबु घिसिङ राजेन्द्र न्यासुर तामाङ निमा लामा सुमन घिसिङ कोरियो ग्राफर मनिषा गोले साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित लामा, बोन्पो, ताम्बा लगायतको झाँकी प्रस्तुति रहनेछ भने तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टल रहने आयोजकले जनाएका छन् ।

कलियुग न्यूजबाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस्

Array