बाइडेनको अझै काम गर्न सक्षम

समदृष्टि
समदृष्टि ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य परीक्षणमा उनी स्वस्थ र काम गर्न सक्षम रहेको देखिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार ८० वर्षीय बाइडेनको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकहरूले बिहीबार उनलाई स्वस्थ र काम गर्न सक्षम रहेको रिपोर्ट दिएका हुन्।

चिकित्सकहरूले बाइडेनको शरीरमा  लङ कोभिडका कुनै लक्षण पनि नरहेको उल्लेख गरेका छन्। बाइडेनको रक्तचाप, तौललगायत अरू मापनहरू पनि सामान्य रहेका छन्।

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन फेरि उम्मेदवार बन्ने अनुमान भइरहेका बेला उनको स्वास्थ्य अवस्था कस्तो हुन्छ भन्ने धेरै मानिसलाई चासो छ।

अमेरिकाको राष्ट्रपति बनेपछि बाइडेनले दोस्रो पटक पूर्ण स्वास्थ्य परीक्षण गरेका हुन्। यसअघि सन् २०२१ मा उनको यस्तै परीक्षण गरिएको थियो।

बाइडेनले ७८ वर्षमा राष्ट्रपतिको शपथ लिएका थिए। उनी अमेरिकामा सबैभन्दा धेरै उमेरमा राष्ट्रपति भएका व्यक्ति हुन्।

बाइडेनले २०२४ को चुनावमा फेरि उम्मेदवार हुने संकेत गरिसकेका छन्। उनी फेरि ह्वाइट हाउसको प्रतिस्पर्धामा जाने भएपछि धेरै अमेरिकी मतदाताले उनको स्वास्थ्यले साथ दिन्छ कि दिन्न भनेर चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array