कांग्रेस नेता भण्डारीको उपचारमा सुधार, भेन्टिलेटर हटाइयो

समदृष्टि
समदृष्टि ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa
Chabdra bhandari

काठमाडौँ । जलेर घाइते भइ भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ । मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो । 
अस्पताल परिसरवाट योगराज कंडेलले फेसबुकमा लेखेका छन्, कृतिम अक्सिजन बन्द गरिएकोले हाल ट्रायलमा हुनुहुन्छ । स्वास्थ्य अवस्था नर्मल हुँदै गएको छ।’ 
डा.मुकेश मिस्रासंग ९ः१५ बजेको काउन्सिलिङ र ११ वजे डा. सिद्धार्थ केशवानीको काउन्सिलिङ्का आधारमा डा. भण्डारीको प्लेटलेट्सको मात्रा बढेको, पिसावको मात्रा नर्मल रहेको, एक्सरे तल्लो भागमा हल्का हेजी रहेको तथा शरीरमा ज्वरो नदेखिएको कँडेलले उल्लेख गरेका छन् । 
कँडेलले ३४ मिनेट अघि गरेको अपडेट अनुसार, ‘डा. भण्डारीका सबै अँगहरूले नर्मल काम गरेका छन । अन्य जानकारी केही समय पछि पुन: अपडेट गर्नेछु ।’ 
यसअघि कांग्रेस कार्यकर्ता माधव न्यौपानेले मुम्बईबाट गराएको फेसबुक अपडेट अनुसार डा. भण्डारीको ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’
सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा न्यौपानेले लेखेका छन्, ‘उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन् ।’
‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्। 
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगेर उपचार गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

Array