पाँच दिने युएई (दुबई) भ्रमणमा जाँदै सुन्दर नेपाल सरसफाई अभियानका अध्यक्ष तामाङ

समदृष्टि
समदृष्टि १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सुन्दर नेपाल सरसफाई अभियानका केन्द्रीय अध्यक्ष वीर बहादुर तामाङ मंगलबार युएई (दुबई) भ्रमणमा जाने भएका छन् । मुभमेन्ट साउथ एसियाको निमन्त्रणमा तामाङले मार्च १ देखि ५ सम्म युएई (दुबई) भ्रमण गर्ने जनाएको छ।

अध्यक्ष तामाङले सरसफाई अभियानको अध्यक्षमा निर्वाचित भएयता युएई (दुबई)को यो पहिलो औपचारिक भ्रमण हो । सम्मेलनमा साउथ एसियाका ७५वटा देशका अभियन्ताहरुको सहभागीता हुनेछ । अध्यक्ष तामाङले भ्रमणको क्रममा मुभमेन्ट साउथ एसियाद्धारा आयोजित ५ दिने साउथ एसिया सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले साउथ एसियाका ७५वटा देशका अभियन्ताहरुसँग साक्षात्कार गर्ने र केही उच्चस्तरका भेटघाट समेत गर्नेछन् ।

सम्मेलनमा शहरी विकास, नेतृत्व विकास र एड्भान्स सिटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । अध्यक्ष तामाङ मंगलबार गएर उनी सोमबार स्वदेश फकिर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array