कथित अभियन्ता तारा बरालले काठमाडौंमा ‘रामधुलाइ’ भेटिन्

समदृष्टि
समदृष्टि १८ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

रिपब्लिका दैनिक बाट,

काठमाडौं । आफूलाई स्वघोषित अभियन्ता बताउने गरेकी तारा बरालले कुटाइ खाएकी छिन् ।

चितवनको भरतपुर स्थायी घर भएर काठमाडौंमा उत्पात मच्चाउँदै आएकी तारालाई काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा कुटपिट भएको हो ।

राप्रपाकी नेतृ समेत रहेकी ताराले ‘थुतुनो’ धेरै चलाएपछि केही व्यक्तिहरू लछार–पछार गरेर लात्ताले हानेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफ्नै कारणले रामधुलाई भेटेपछि तारा भुइँमा पल्टिएर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ताराले आफूलाई स्वघोषित अभियन्ता बताउने गरेकी छिन् । आफूलाई चित्त बुझेन भने ताराले जसलाई पयो त्यो व्यक्तिको चरित्रहत्या गर्नेदेखि गालीगलौज गरेर आतंक मच्चाउँदै आएकी छिन् ।

ताराले छाडा र अराजक शब्द बोलर हैरान बनाएकी छिन् । उनले बिहीबार बिहान फेसबुक लाईभमार्फत आफू असुरक्षित रहेको पनि दाबी गरेकी छिन् । सर्वसाधारण र कानूनलाई मानेर बसेका सर्वसाधारणलाई मनपरि र जथाभावी बोल्ने गरेकी ताराबाट पनि सयौँ सर्वसाधारण पीडित छन् । उनले कानूनलाई आफ्नो हातमा लिएर अराजकता मच्चाउने गरेको आरोप छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भक्त मानिने ताराका अराजक गतिविधिले सीमा नाघेको छ ।

ताराका अराजक हर्कत र गतिविधिबाट पीडित भएकाहरूले कारबाहीको माग गर्दै आएका छन् । तर, प्रहरी प्रशासनले ताराका अराजक गतिविधि रोक्ने प्रयास नगरेको भनेर पीडितहरूले असन्तुष्टि जनाएका छन् ।

ताराका हर्कत र अराजक गतिविधिलाई केही युट्युबहरूले संरक्षण गरेका छन् । ती युट्युबहरू तारासँग निरन्तर पछाडि लागेर हिँड्ने गरेका छन् ।

छाडा र अराजक युट्युबहरूलाई पनि कारबाहीको माग उठेको छ । व्यक्तिगत कुरालाई लिएर चरित्रहत्या गर्ने ती युट्युब र त्यसका सञ्चालकहरूलाई तारासँगै राखेर पाताकसेर कारबाहीको माग पीडितहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

Array