गोदावरी नगरपालिकामा खुल्ला च्यामपियन हाफ म्याराथन दाैड हुदै

संगम श्रेष्ठ
संगम श्रेष्ठ २१ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

गोदावरी नगरपालिकाको सातौँ स्थापना दिवसको अवसरमा गोदावरी खुल्ला च्यामपियन हाफ म्याराथन (२१ कि.मी) र अन्तर माध्यामिक विद्यालय स्तरीय १० कि.मी डौड प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू” भन्ने मुख्य नारा सहित गोदावरी नगरपालिकाले हाफ म्याराथन दौड आयोजना  गर्न लागेको हो । आउँदो शनिबार विहान ७ः०० बजे उक्त प्रतियोगिताको प्रारम्भ हुनेछ । प्रतियोगितामा विजेताहरुलाई नगत सहित सम्मान पत्र समेत प्रदान गरिने कुरा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए  ।

गोदावरी नगरपालिका, फोटोः संगम श्रेष्ठ/समदृष्टि

माध्यमिक तहका विद्यार्थीहरुले १० कि.मी दौडमा सहभागी हुन पाउने छन् । गोदावरी नगरपालिकाको प्राङ्गणबाट सुरु भई पोखरीटार (वडा १३), टौखेल चोक, कृष्ण प्रसाद भट्टराई आश्रम, वडा कार्यलय नं. १३ हुदै भलि पुचः पार्टी प्यालेसबाट तल झरेर वडा नं. १२ बुद्ध पोखरीमा निस्कि चापागाउँ प्रहरी चौकी बाट चापागाउँ पुरानो वसपार्क बाट गोदावरी नगरपालिकाको प्राङ्गणमा आएर दौड अन्त्य हुनेछ ।

गोदावरी नगरपालिका, फोटोः संगम श्रेष्ठ/समदृष्टि

यस्तै खुला हाफ म्याराथन अन्तरगत २१ कि.मी दौड हुनेछ । गोदावरी नगरपालिकाबाट सुरु गरी वडा कार्यलय १३ पोखरीटार, गोदावरी बसपार्क, वडा नं. १२ विशङ्खु नारायण वडा कार्यालय, पुल, ERC (FM), कृण प्रसाद भट्टराई आश्रम, वडा कार्यालय १३, भलि पुच पार्टी प्यालेस हुदै वडा १२ बुद्ध पोखरीमा निस्कि चापागाउँ प्रहरी चौकी बाट चापागाउँ पुरानो वसपार्क बाट गोदावरी नगरपालिकाको प्राङ्गणमा आएर दौड अन्त्य हुनेछ ।

गोदावरी नगरपालिका, फोटोः संगम श्रेष्ठ/समदृष्टि

उक्त प्रतियोगितामा सहभागी हुन हाफ म्याराथन (२१ कि.मी) अन्तरगत दर्ता शुल्क ७०० लाग्ने छ भने विद्यालय स्थिर अन्तर्गत दर्ता शुल्क ५०० लाग्ने छ ।

यस्तै हाफ म्याराथन २१ कि.मी मा प्रथम हुनेलाई नगद रु. एक लाख प्रदान गरिने छ, भने दोस्रो हुनेलाई ७५ हजार, तेस्रोलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौलाई २५ हजार, छैठौँलाई १५ हजार र सातौँलाई रु १० हजार प्रदान गरिने छ ।

विद्यालय दौड तर्फ भने प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई २० हजार, पाँचौँलाई १५ हजार, छठौँलाई १० हजार र सातौँलाई ५ हजार प्रदान गरिनेछ ।

आज गोदावरी नगरपालिकाले पत्रकार सम्मेलन मार्फत यस सूचनाको जानकारी दिइएको थियो ।

गोदावरी नगरपालिका, फोटोः संगम श्रेष्ठ/समदृष्टि

भिडियोः प्रतिक्रयाको अपेक्षा गर्दछाैँ ।

प्रतिक्रिया दिनुहोस्

Array