दयाका हातहरु नेपालद्वारा एक दिने अभिभावकिय तालिम

संगम श्रेष्ठ
संगम श्रेष्ठ २७ फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

ललितपुर । दयाका हातहरु नेपालले एक दिने अभिभावकिय तालिम गरेको छ । गोदावरी नगरपालिका– ६, काफलडाडाँमा गोदावरी नगरपालिकाको स्थानीय संयोजन र ओर्फान्स प्रमिसको साझेदारीमा उक्त तालिम आयोजना गरिएको हो । काफलडाडाँका करिब ५० जना अभिभावकहरु यस तालिममा सहभागी भएका थिए ।

अभिभावकिय तालिम, गोदावरी नगरपालिका-६, फोटोः संगम श्रेष्ठ/समदृष्टि


आफ्ना बालबालिकाहरुलाई कसरी हुर्काउने, उनीहरुलाई कस्तो व्यबहार गर्ने र उनीहरुको बौद्धिक स्तर कसरी बृद्धि गराउने भन्ने बिषयहरुमा प्रशिक्षण गराइएको थियो । बालबालिकाहरु विद्यालय जाने बितिक्कै परिवारका सदस्यहरूले उनीहरू प्रति राखेको तिब्र महत्वकांक्षाले मानसिक रूपमा पर्ने प्रभावको बारेमा छलफलका साथै प्रशिक्षण गरिएको थियो ।

अभिभावकिय तालिम, गोदावरी नगरपालिका-६, फोटोः संगम श्रेष्ठ/समदृष्टि


उक्त तालिमका प्रशिक्षिका सुनिता तामाङ भन्नुहुन्छ, “बालबालिकाहरु विद्यालय गएको केही समयमा नै परिवारका व्यक्तिहरुले लेख्न र पढ्न नजानेको भनेर गाली गर्छाै यो गलत प्रवृति हो किनकि बालबालिकाहरु भर्खर सिक्ने क्रममा भएकाले उनीहरुले अक्षरहरु सहजै चिन्ह सक्दैन । जब कुनै बालबालिका विद्यालय जान्छन् त्यसको केही दिनमा नै उसलाई सबै पढ्न आउँछ भन्ने मनस्थिति परिवारले बनाउँछ भने त्यो बिल्कुलै गलत हो बिचार हो ।”

अभिभावकिय तालिम, गोदावरी नगरपालिका-६, फोटोः संगम श्रेष्ठ/समदृष्टि


यस्तो तालिमहरुले बालबालिकाहरुको मनस्थिति अभिभावकहरूले बुझ्न सहायता गर्दछ । सन्तान प्रतिको महत्वकांक्षा एक तर्फबाट ठिक देखिएता पनि मनोवैज्ञानिक पक्षबाट बालबालिकामा असर परिरहेको हुन्छ । परियोजना संगोजक कृष्ण कुमार ठटाल भन्नुहुन्छ, “यस्तो तालिमहरुले बालबालिका र परिवारका सदस्यहरुबीच असल वातावरणको सृजना गरी बालबालिकाहरुलाई अझै असल तरिकाबाट अध्ययन गर्न र परिवारमा नै चौतर्फी विकासकासाथ हुर्कन मद्दत मिल्छ ।”

अभिभावकिय तालिम, गोदावरी नगरपालिका-६, फोटोः संगम श्रेष्ठ/समदृष्टि


दयाका हातहरु नेपालले स्थानीय सरकारसँग समन्वय गरी आर्थिक स्थिति कमजोर भएको परिवारहरुलाई विभिन्न सीपमुलक तालिमहरुको संचालन गरी आर्थिक रुपमा सक्षम बनाउने सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array