प्याङगाउँमा पाँचौ खुला  राष्ट्रिय किक्बक्सिङ प्रतियोगिता  सुरु

समदृष्टि
समदृष्टि २२ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

हिमरत्न तिमल्सिना

ललितपुर प्याङगाउँ  ।  वीर गणेशमान सिंह स्मृति पाँचौ खुला राष्ट्रिय किकबक्सिङ प्रतियोगितागोदावरी  नगरपालिका वडा नं ११ प्याङगाउँ खेल मैदान सुरु भएको  छ । प्रतियोगिता नेपाली काङरेसका प्रकाशमान सिंहले पानसमा बत्ती बाल्दै परेवा उडाएर गणेशमान सिंहको तस्बिरमा माल्यार्पण  गरेपछि सुरु भएको हो। प्रतियोगिता भदौ २१, देखि २३ गतेसम्म सञ्चालन हुनेछ  । प्रतियोगितामा प्रथम हुने खेलाडीले १ लाख द्धितिय हुने खेलाडीले ५० हजार  तृतीय हुने खेलाडीले २५ हजार र उत्कृष्ट हुने दुई खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन विजयी खेलाडीलार्इ प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरिने छ ।   

प्रतियोगिताको समापन नेपाली काङ्ग्रेसका नेता महामन्त्री गगन कुमार थापाले गर्नेछन ।
प्रतियोगितामा नेपाल आर्मी र एपीएफका खेलाडी  प्रतिश्पर्धामा उत्रिने छन प्रतियोगिता गोदावरी नगरपालिका वडा न ११ को खेलमुद मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको उदघाटनमा बोल्दै गणेशमान सिंह सुपूत्र प्रकाशमान सिंहले खेल जगतलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रमले खेलाडीलार्इ हौसला मिल्ने बताउनुभयो ।   प्रतियोगिताका परिकल्पनाकार वागमत    मीनकृष्ण महर्जनको भूमिका रहेको सिंहले प्रष्ट पानुभयो ।  गणेशमान सिंहको जीवनीबाट धेरै कुरा सिक्न सकिन्छ गणेशमानले पद र प्रतिष्ठालाइ त्यागेर देश र जनताका निम्ति लडेको स्मरण गर्दै गणेशमानको योगदानका बारेमा प्रकाशपानुभयो  ।    
नेपाली काङ्ग्रेसका नेता पूर्व राज्यअर्थमन्त्री   एवम  सांसद उदय शमसेर राणाले राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकता दिन नसकेको खेलकुदका निम्ति पर्याप्त बजेट छुट्याउन नसकेको  बताउनुभयो  ।  ललितपुर किक्बक्सिङ संघका  सल्लाहकार सुमन खड्गीले खेलाडि उत्पादन गर्न यस्ता प्रतियोगिता सहयोगी सिद्ध हुने स्पष्ट पानुभयो  । उहाँले  भन्नुभयो सकारात्मक सोच , इमानदार र नैतिक चरित्र सक्षम र सबल नागरिक उत्पादनका लागि खेलकुदको महत्व रहन्छ  ।      373424207_707141937916516_8246875192486635052_n1694099871.jpg
प्रतियोगिताका परिकल्पनाकार मीनकृष्ण महर्जनले राज्यले गर्नुपर्ने प्रतियोगिता आफ्नो नेतृत्वमा संचालन भइ रहेको राज्यलाई झक्झक्याउन प्रतियोगिता आयोजना गरेको बताउदै यो पाचौं प्रतियोगिता भएको पहिलो खेल जावलाखेलमा सम्पन्न भएको जानकारी दिनुभयो ।कार्यक्रममा ललितपुरबाट देश विदेशमा पदक जित्दै खेल जगतमा ख्याति कमाएका खेलाडीहरु राजु लामा , सृजन महर्जन, इन्द्र लामा , प्रकाश महर्जन नारायण देसार , आर्यन रञ्जित , लगाएतका खेलाडीलाइ सम्मान गरिएको थियो । प्रतियोगिताको उदघाटन समारोहमा स्थानीय लाखेनाच देखाइएको थियो । प्रतियोगितामा नेपाल आर्मी र एपीएफका खेलहरु सुचारु गरिएको  छ   ।       

प्रतिक्रिया दिनुहोस्

Array