लाेकप्रिय बन्दै कृष्ण दहालकाे पीरकाे पहाड

हिमरत्न तिमल्सिन
हिमरत्न तिमल्सिन २८ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

हिमरत्न तिमल्सिना

कला साहित्य ललितपुर २७ भदाै ०७८ यतिबेला सबैकाे मन मष्तिस्कमा गुञ्जिरहेकाे छ २०६६ सालबाट साङ्गितिक यात्रा सुरु गरेका कृष्ण दहालकाे दक्षिण ललितपुरकाे कथा समेटिएकाे पीरकाे पहाड गीत गाएक तथा संगीतकार महाङकाल गाउँ पालिकाका स्रष्टा दहालकाे उक्त गीत उनकै शब्द सङगीतमा रहेकाे छ भने कृष्ण दहाल , दिपा सापकोटा र प्रकाश सापकोटाकाे स्वर रहेकाे छ ।

गीतमा दक्षिण ललितपुरलाइ ललितपुरकाे कर्णालीका रुपमा चित्रण गरिएको छ । गीतमा नारायण ढकालकाे संगीत संयाेजन , गाेपाल दहालकाे रेकर्डिङ , कृष्ण बाजुरालीकाे मिक्सिङ , कृष्ण दहालकाे निर्देशन , सुवास थापाकाे छायांकन , विनाेद बमकाे सम्पादन रहेकाे छ भने दृश्य निर्माण साङग्रीला क्रियसन अनाम नगरकाे रहेकाे छ । उक्त गीत दहालकाे सर्वाधिक मन पराइएकाे गीत ललितपुरैमा ३ का रुपमा रहेकाे छ। गीत विकट दक्षिण ललितपुरका जनताले भाेगेका वास्तविक कथामा आधारित छ । उक्त गीतमा दक्षिण ललितपुरकाे पाटनदेखि , कालेश्वर , गाेटिखेल, इकुडाेलदेखि कपिराङसम्मकाे वृतचित्र प्रस्तुत गरिएको छ । उनका यसअघि बोल्न नि पैसा पर्छ र , जाेडात मिल्याे भने जस्तो , च्यान्टि माेरी , ललितपुरपुरैमा , मुहान मुटुदेखि, स्टकाेटे दाइ , ओखरबाेटैमा, सर्लक्कै साइली, लगाएतका गीत सार्वजनिक भइसकेका छन् । दहालका गीतमा नेपालीका अलावा तामाङ र इङलिस भाषा पनि समेटिएको पाइन्छ उनका गीतमा प्रणय, प्रेम विछाेड र ललितपुरका जनताले भाेगेका कथा समावेश गरिएको हुन्छ । समसामयिक विषयमा गीत लेख्ने दहाल गाउँ बेसीका शब्द टपक्कै टिपेर गीत रचना गर्छन । उनकाे अहिले लाेकप्रिय रहेकाे पीरकाे पहाड गीतमा समृद्धिकाे आह्वान गर्नुका साथै धार्मिक एवं सांस्कृतिकरुपमा सम्पन्न रहेकाे राज्यबाट उपेक्षित दक्षिण ललितपुरकाे विकास गर्न स्थानीय सरकारलाई झक्झक्याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array