कलाकारिताबाट भविष्य कोर्दै लेखन तथा निर्देशक सम्म

हिमरत्न तिमल्सिन
हिमरत्न तिमल्सिन १२ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

महाङकाल गाउँ पालिका वडा न ६ गुम्राङमा जन्मिएका थिए सुरेश दहाल । कलाकार बन्ने सपनाका साथ २०७४ सालमा काठमाडौं छिरेकाे दहाल मैन सर्ट मुभिबाट आफ्नो कलाकारिता सुरु गरेका थिए । उनले अभिनय गरेकाे पहिलाे सिरियल ल्याङल्याङ हाे भनी उनले चर्चित हास्य सिरियल सक्किगाेनीमा समेत अभिनय गरेका छन्।

सानै देखि अभिनयमा रुचि भएका दहाल पढाइ छाडेर कलाकारितामा लागेकाे थिए । “सुरुमा रहरले लागियाे अब कलाकारितामै आफ्नो भविष्य देख्दै छु” उनले भने । उनी यहि सपना साकार पार्न एसएलसीपछि काठमाडौं आए । अरुले पढेर डाक्टर बन्ने सपना देखी रहदा उनी भने कलाकार बन्ने सपना बुनिरहेका थिए । उनले भन्छन,

कलाकार बन्न गाह्रो रहेछ म कलाकारितामा नलागेकाे भए ठेकदार हुन्थें ।

दहाल सानाे छदा घरबाट लुकेर छिमेकिकाे घरमा फ्लिम हेर्न जादा घरमा पिटाइ खाएकाे सम्झना गर्छन । उनलाई हास्य कलाकार अर्जुन घिमिरे पांडेले अभिनय गरेकाे देखेर कलाकार बन्ने रहर लागेकाे बताए । उनले सानाेमा आफू ठूलो भएपछि कलाकार बन्ने कुरा सुनाउंदा परिवारका ठूला मान्छेले नपत्याएकाे सुनाउछन । पछि सिरियलमा आउन थालेपछि साइलाे दाजु दिनेश दहालले उनकाे साथ दिएकाे उन्ले जानकारी दिए ।

अर्जुन घिमिरे पांडे ,केदार घिमिरे माग्नेबुडा , सिताराम कटेल धुर्मुस , हरिवंश आचार्य उनलाई मन पर्ने कलाकार हुन । “कलाकारितामा लागेर नाम कमाइयाे समय गुमाइयाे” उनले भने । अहिले उनी फ्लिमकाे कथा लेखन तथा निर्देशन गर्छन । “बदलिएको समय” उनले निर्देशन गरेकाे पहिलाे फ्लिम हाे । उनले अहिलेसम्म ६/७ वटा फ्लिम निर्देश गरिसकेका छन् ।

उनले अभिनय गरेकाे फ्लिम भने “अनुसन्धान” हो । उनलाई मनपर्ने कलाकार प्रमाेद खरेल , विष्णु माझी , नायक राजेस हमाल , नायिका रेखा थापा हुन । उनकाे आफ्नै लेखन तथा निर्देशनमा रहेकाे नयाँ सिरियल चाडै आउने उनले जानकारी दिए । आफू पढाइ छाडेर कलाकारितामा लागे पनि आफू जस्तै कलाकारितामा आउन चाहनेलाइ पढाइलाइ पनि निरन्तरता दिनुपर्ने , कलाकारितामा लागेर नाम र दाम दुवै कमाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array