इस्राएल – हमास युद्ध, प्यालेस्टाइन मारमा

संगम श्रेष्ठ
संगम श्रेष्ठ ८ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

इस्राएल प्यालेस्टाइनको युद्ध सुरु भएको २ हप्ता भई सकेको छ । ७ अक्टोबर शनिबारको दिन हमास नामक संस्थाले इस्राएमाथि आक्रमण गरेको थियो । हमास नामक संस्था गाजा क्षेत्रमा बसेर आफ्नो काम कारबाही चलाइरहेको छ जसले गर्दा इस्राएलले गाजा माथि जवाफी हवाई आक्रमण गर्याे । गाजा ३ सय ६५ वर्ग किलोमिटरमा फैलिएको एक सानो क्षेत्र हो जसमा २३ लाख मानिसहरु बसोबास गर्दछन् । २३ लाख जनसंख्यामा करिब आधा ४८.३ प्रतिशत साना बाललिकाहरु रहेका छन् । द न्यू ओर्क टाइन्स पत्रिका अनुसार

प्यालेस्टाइनमा मृत्यु हुनेहरुको संख्यामा ६० प्रतिशत महिला र बालबालिका रहेको बताइएको छ । 

The New Work Times

वर्तमान समयमा गाजा क्षेत्रको अवस्था निकै भयानक अवस्थामा रहेको छ । अक्टोबर ९ देखि इस्राएलले गाजा क्षेत्रमा पूर्ण रुपमा नाकाबन्दी लगायो जसकारणले खाना, औषधी, पानी र बिजुली जस्तो अति आधाभुत आवश्यकताहरु प्यालेस्टाइनीहरुले प्राप्त गर्न सकेको छैन । यसका साथै इस्राएलले निरन्तर रुपमा हवाई आक्रमण गरि रहेको छ । पूरै महलहरु ध्वस्त भई सकेको छ । वर्तमान समय सम्म २ हजार ८ सय भन्दा बढी प्यालेस्टायन नागरिकहरुको मृत्यु भई सकेको छ । निरन्तर युद्धको कारणले पानी करिव सकिने अवस्थामा पुगेको बिबिसीको बताएको छ । प्यालेस्टाइनमा दुई भाग रहेको छ । उत्तरी भाग र दक्षिण भाग । अहिले आक्रमण भई रहेको क्षेत्र उत्तरी भाग हो जहाँ करिब ११ लाख मानिसहरु बसोबास गरिरहेका छन् । अहिले सम्म करिब ६ लाख प्यालेस्टाइका नागरिकहरु उत्तरी भागबाट दक्षिण भाग तर्फ बसाइ सरि सकेका छन् । दक्षिणी भाग पनि पूर्ण रुपमा सुरक्षित भने छैन । अहिले सम्म दक्षिणी गाजा क्षेत्रमा इस्राएलले ३ पटक हवाई आक्रमण गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array