दोस्रो तिहार कपको उपाधी टीकाभैरब युवा क्लबलाई

समदृष्टि
समदृष्टि २७ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

अस्मिर खड्का ।

ललितपुर।  बुद्धचुली युवा क्लबको आयोजनामा गोदावरी नगरपालिका -७ देबिचाैर, सिमखेतमा दोस्रो तिहार कप(२०८०) नेपाली काङ्ग्रेसका बाग्मती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष नगरप्रमुख गजेन्द्र महर्जन, विशेष अतिथि जिल्ला खेलकुद बिकास समिति ललितपुरका अध्यक्ष बिनोद महर्जन ,  गो.न.७ वडाका वडाअध्यक्ष मथुरा प्रसाद शर्मा, वडा अध्यक्ष बिष्णुमान महर्जन लगायत अन्य ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्तिक २० देखी २५ गतेसम्म संचालन गरिएको उक्त खेलमा जम्मा २४ वटा टिमहरुको उपस्थिति रहेको थियो। खेलमा प्रथम पुरस्कार रू ५०,०००, दिर्तिय पुरस्कार रू २५,००० र सेमिफाइनलमा पुग्ने दुबै टिमलाई सान्त्वना पुरस्कार रू. ७,५०० का साथमा मेडल , ट्रफिहरु र प्रमाणपत्रको व्यबस्था थियो। रोमान्चक फाइनल खेलमा U-19 रास्ट्रिय खेलाडी समेत रहेको अनिल भोम्जन्ले टीकाभैरबको तर्फबाट  २ गोल हानी घुसेललाई पराजित गरि प्रथम स्थान हासिल गर्न सफल भएका थिए र यसैको साथमा घुसेल दोस्रो स्थानमा पुग्न सफल भएको थियोे । यसै गरी घुसेल क्लबबाट सागर तामाङ हाइस्कोर गर्नुको साथसाथै उत्कृष्ट खेलाडी पनि बन्न सफल भएका छन् भने उत्कृष्ट गोल किपरको उपाधी टीकाभैरब क्लबबाट बिशाल खड्काले हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array