जब इजरायली सेना गाजाको अस्पतालमा प्रवेश गरे

समदृष्टि
समदृष्टि २९ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

२९ कात्तिक, काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ । प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएकाे बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् । इजरायल डिफेन्स फोर्स आईडीएफले आफ्नो सेनाले अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध सटिक र लक्षित कारबाही गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array