कोन्ज्योसोम गा.पा. बाट कौडासहित जुवा खेल्दै गरेका १५ जुवाडे पक्राउ

समदृष्टि
समदृष्टि १८ मंसिर २०८०, सोमबार
2 Min Read
Aa

ललितपुर । ललितपुर प्रहरीले कौडा सहित जुवा खेल्ने १५ जना लाई पक्राउ गरेको छ । प्रहरीले कोन्ज्योसोम गाउँपालिका वडा नं. १ तिमलडाँडास्थित श्याम तामाङको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरको साथबाट प्रहरीले एक लाख त्रिहतर हजार एक सय दश रुपैयाँ र कौडा १६ थान बरामद समेत गरेको छ ।

पक्राउ पर्नमा कोन्ज्योसोम गाउँपालिका वडा नं. १ बस्ने बर्ष २३ को सोमराज घ्यावा ,कोन्ज्योसोम गाउँवपालिका वडा नं. १ बस्ने बर्ष ३७ को सुरेश लोप्चन ,कोन्ज्योसोम गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३५ को नविन लामा,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३२ को विष्णु तामाङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३६ को नरेन्द्र लोप्चन,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २७ को नविन लोप्चन ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को श्याम तामाङ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३१ को दिपेश स्याङताङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २९ को सन्त सिङताङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४२ को अनिल तामाङ ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४३ को मान बहादुर तामाङ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ चस्ने वर्ष ४४ को सुसिल तामाङ,कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २६ को मानसिंह सिङताङ ,महाँकाल गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४४ को कृष्णमान स्वाङताङ र महाँकाल गाउँपालिका वडा नं. २ मानिखेल बस्ने वर्ष ३८को राजनकुमार तामाङ रहेका छन ।

आईतबार दिउँसो ३ बजे विशेष सुराकीको आधारमा प्रहरीले उनीहरलाई पक्राउ गरेको हो ।  यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज कार्काीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array