प्रधानमन्त्रीसँग कुरा नमिलेपछि अलग भएँ : हरिबोल गजुरेल

संगम श्रेष्ठ
संगम श्रेष्ठ २५ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

ललितपुुर । नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्रीको मुख्य सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न ‘असमर्थ भएपछि राजीनामा दिएको’ बताएका छन् । आफूले दिएको राजीनामाबारे लगभग मौन नै रहेका उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘कुरा नमिलेको’ बताएका छन् ।  ‘कुरा नमिल्ने अवस्था’ हालसालै आएको बताए पनि उनले समय भने खुलाएका थिएनन् ।
“पछिल्लो समयमा (कुरा नमिलेको) हो, खास विवाद त होइन । मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन” भनेर उनले अभिव्यक्ति दिएका थिए ।  
नेता गजुरेलका अनुसार राजीनामाको विन्दुसम्म आइपुग्न एउटा घुम्तीले काम गरेको छ । आफ्नो कुरा नसुनिएपछि त्यो घुम्ती आइपुगेको बताउँदै गजुरेलले भने, “खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ । अनि म त्यो भूमिकाबाट अलग भएँ ।”
प्रधानमन्त्रीले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका थिए । गजुरेलले मङ्सिर २० गते राजीनामा दिएका हुन् । “भोलि विभिन्न प्रश्नहरू उठ्छन्, त्यसको जबाफ दिनुपर्छ,” नेता गजुरेलले भविष्यमा सम्भावित विवादको डर लागेको सङ्केत गर्दै भने, “त्योभन्दा राम्रो कुरा, विषयवस्तु स्पष्ट पारेर छोडेपछि सम्बन्ध पनि सहज बनिरहने भयो ।” उनले त्यसलाई नीतिगत विषय भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

Array