बालकृष्ण खाँण धरौटीमा रिहा

समदृष्टि
समदृष्टि २९ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका छन् ।

उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन । धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पति शुद्धिकरण विभाग लगिएको थियो । विभागमा पनि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएकोमा अख्तियारले खाँडलाई साधारण तारेखमा छाडेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । गत मंसिर १५ गते पाटन उच्च अदालतकै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि मुद्दा एकल ईजलाशमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array