कोन्ज्योसोममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न

समदृष्टि
समदृष्टि २ पुष २०८०, सोमबार
1 Min Read
Aa

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । २०८० मंसिर २८ र २९ गते सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिका भारदेउ स्थित बालेश्वरी माध्यामिक विद्यालय प्रथम भएको छ । उक्त विद्यालयले रनिङशिल्ड हात पार्न सफल भएको छ । 

गाउँपालिकाद्वारा आयोजना गरिएको तथा चौरेघरे स्थित बाघभैरब माध्यामिक विद्यालयले उक्त कार्यक्रमको व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए । 

अध्यक्ष लामाले विजयी विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद दिँदै प्रतियोगितामा सहभागी सबैलाई शुभकामना प्रदान गरे । आगामी दिनमा गाउँपालिकाले यस्ता आयोजना गरिरहने भन्दै सक्रिय सहभागिताका लागि सबैलाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

Array