१५ दिने निशुल्क मन्टेश्वरि तालिम सम्पन्न

समदृष्टि
समदृष्टि ७ पुष २०८०, शनिबार
5 Min Read
Aa

५ पुस ।काठमाडु । लायन्स क्लब अफ काठमाडौं डाइमन्ड सिटि द्वारा आयोजित १५ दिने निशुल्क मन्टेश्वरि तालिम सम्पन्न भएको छ । ११० जना प्रशिक्षार्थीहरुको लागि निशुल्क १५ दिने मन्टेश्वरि ट्रेनिङ त्रिभुवन विश्व बिद्यालय किर्तिपुरमा सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन समारोह लायन्स इन्टरनेशनल डिस्ट्रिकट ३२५ एफ नेपालका डिस्ट्रिकट गभर्नर शिव कुमार कटवालले गर्नु भएको थियो भने समापन समारोह लायन लिडर शम्भु प्रशाद घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविध्यालयका स्ववियु सभापति श्यामराज ओझा र डिस्ट्रिक्ट ३२५ एफ का सेकेन्ड भिडिजी लायन केशर बहादुर भन्डारि हुनुहुन्थ्यो ।

लायन्स क्लब अफ काठमाडौं डाइमन्ड सिटि द्वारा आयोजित १५ दिने निशुल्क मन्टेश्वरि तालिमका सहभागीहरू

कार्यक्रमलाइ सम्वोधन गर्दै प्रमुख अतिथि लायन लिडर शम्भु प्रशाद घिमिरेले लायन्स क्लवको इतिहासमा १५ दिने यस्तो खालको तालिम पहिलो भएको र यसले निकै नै सकारात्मक संदेश दिएको बताउनुभयो । कार्यक्रम आयोजक लायन्स क्लब अफ काठमाडौं डाइमन्ड सिटि र अध्यक्ष अर्जुन कार्कीको उच्च प्रशंशा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु र अझ एडभान्स तालिमको लागि पनि आफुले लायन्स क्लव संग समन्वय र पहल गर्ने लिडर घिमिरेले वताउनुभयो । उहाँले भन्नुभयो,

लायन्स क्लब अफ काठमाडौं डाइमन्ड सिटि र अध्यक्ष अर्जुन कार्कीको उच्च प्रशंशा गर्दछु र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु र अझ एडभान्स तालिमको लागि लायन्स क्लव संग समन्वय र पहल गर्नेछु ।

प्रमुख अतिथि, शम्भु प्रशाद घिमिरे

तालिमको संयोजन क्लवका उपाध्यक्ष धर्मराज जोशीले गर्नु भएको थियो भने प्रेम कुमारि कार्की खत्रीले प्रशिक्षण गर्नु भएको थियोे । तालिमलाई स्टानफोर्ड मन्टेश्वरि ट्रेनिङ सेन्टरले प्राबिधिक सहयोग प्रदान गरेको थियो । समापन कार्यक्रम लाइ सम्वोधन गर्दै क्लव का उपाध्यक्ष तथा तालिम कार्यक्रमका संयोजक धर्मराज जोशीले वालवालिकाहरुको चौतर्फी विकाशको लागि मन्टेश्वरी शिक्षा अत्यावश्यक रहेको र त्यसको लागि उपयुक्त तालिमको आवस्यकता रहेको वताउनु भयो । मन्टेश्वरी शिक्षा भनेर मात्रै नपुग्ने तर तालिमप्राप्त र दक्ष मन्टेश्वरी शिक्षकको पनि व्यवस्था गर्नु पर्ने वहांले वताउनु भयो । विद्यार्थीहरु लाइ तालिम लिन उत्प्रेरित गर्दै उपाध्यक्ष जोशीले भन्नुभयो “तालिम लिएर दक्ष बन्ने हो भने कोहि पनि पैसाको पछी लाग्नु नपर्ने वरु पैसा पछी लाग्ने भएको कारण तालिम पछी रोजगार स्वाभाविक रुपमा सिर्जना हुन्छ । सवैले तालिम लिने कुरामा पछी नपर्नुहोस । उहाँले भन्नुभयो,

यो कार्यक्रम आयोजना गर्न सहयोग गर्नु हुने प्रशिक्षक विद्यार्थी तथा लायन्स क्लवका अगुवाहरु सवैलाइ धन्यवाद साथ आगामी दिनहरुमा यी र यो भन्दा अझ एडभान्स तालिमहरु संचालन गर्ने प्रतिवद्दता व्यक्त गर्दछु।

अध्यक्ष, अर्जुन कार्की

तालिमलाई प्राबिधिक सहयोग प्रदान गरेको स्टानफोर्ड मन्टेश्वरि ट्रेनिङ सेन्टरले न्युनतम +2 पास गरेका महिला लाई तालिमको ब्यबस्था गर्ने गरेको र तालिम पछी एक बर्षमा 100 जना लाई रोजगार र 500 जनालाई हरेक बर्ष आधारभूत मन्टेश्वरी तालिम दिने लक्ष्य राखेको भन्दै महिलाहरुलाई तालिम पछी रोजगार सृजना गरि उनीहरुको आर्थिक स्वातन्त्रताको लागी स्टानफोर्ड मन्टेश्वरि ट्रेनिङ सेन्टरले ठुलो भुमिका खेलेको र आगामी दिनमा पनि यो भूमिका बढाउंदै जाने क्लवकी सचिव तथा तालिम्की संचालिका प्रेम कुमारि कार्की खत्रीले बताउनुभयो । कार्यक्रममा आफ्नो अनुभव सुनाउदै बिद्यार्थीहरुले १५ दिनसम्म निरन्तर तालिममा प्रशिक्षण गरेकी प्रशिक्षक प्रेम कुमारीको प्रशिक्षण गर्ने कला र प्रभावकारिताको प्रशंशा गरेका थिए । उशम

स्टानफोर्ड मन्टेश्वरि ट्रेनिङ सेन्टरले न्युनतम +2 पास गरेका महिला लाई तालिमको ब्यबस्था गर्ने गरेको र तालिम पछी एक बर्षमा 100 जना लाई रोजगार र 500 जनालाई हरेक बर्ष आधारभूत मन्टेश्वरी तालिम दिने लक्ष्य राखेको छ । महिलाहरुलाई तालिम पछी रोजगार सृजना गरि उनीहरुको आर्थिक स्वातन्त्रताको लागी ठुलो भुमिका खेल्नेछौं ।

सचिव, प्रेम कुमारि कार्की खत्री
सहभागी विद्यार्थीहरू

क्लबका अध्यक्ष अर्जुन कार्की को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव प्रेम कुमारी खत्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लवका कोषअध्यक्ष जितेन्द्र शाहीले गर्नुभएको थियो । समापन कार्यक्रममा लायन लिडरहरु, भुबन नेपाल , प्रनिता शर्मा , इन्द्र बहादुर कार्की , लम्बोदर घिमिरे , मोहन अर्याल , केशब राज श्रेष्ठ , बिनोद सुवेदी , वसन्त बहादुर थापा , लक्ष्मि थापा लगायतको उपस्थिति रहेको थियोे ।

तालिम लिएर दक्ष बन्ने हो भने कोहि पनि पैसाको पछी लाग्नु नपर्ने वरु पैसा पछी लाग्ने भएको कारण तालिम पछी रोजगार स्वाभाविक रुपमा सिर्जना हुन्छ । सवैले तालिम लिने कुरामा पछी नपर्नुहोस ।

उपअध्यक्ष, धर्मराज जोशी
अध्यक्ष अर्जुन कार्की द्वारा विशेष अतिथि केशर बहादुर भण्डारीलाइ मायाँको चिनो प्रदान ।

प्रतिक्रिया दिनुहोस्

Array