महाङकाल प्रज्ञा प्रतिष्ठानकाे उपाध्यक्ष तथा प्रज्ञा परिषदकाे अध्यक्षमा रामसुन्दर केसी मनाेनित

हिमरत्न तिमल्सिन
हिमरत्न तिमल्सिन ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

सुनगाभा साहित्य सदन ललितपुरका अध्यक्ष एवं साहित्यकार रामसुन्दर केसी महाङकाल प्रज्ञा प्रतिष्ठानकाे उपाध्यक्ष तथा प्रज्ञा परिषदकाे अध्यक्ष पदमा मनाेनित हुनु भएको छ । साहित्यिक व्यक्तित्व केसी नेपाली लेखक संघ ललितपुरकाे अध्यक्ष समेत हुनुहुन्छ । केसीका साझा आंखा , एक्लाेपन , प्रेमील गन्तव्य कथा सङग्रह प्रकाशित छन । लेखक केसी महाङकाल प्रज्ञा प्रतिष्ठान ऐन २०७९ बमोजिम २०८० पुस ३ गतेकाे गाउँ कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार मनाेनित हुनुभएको हाे । शिक्षण पेशामा आबद्ध केसी समसामयिक विषयमा कलम चलाउनुहुन्छ । केसीले महाङकाल प्रज्ञा परिषद जस्ताे पदमा पालिकाले नियुक्त गरेकाेमा खुसी व्यक्त गर्दै भाषा , साहित्य कला र संस्कृतिकाे उन्नयनका लागि सबैसंग सहकार्य गर्दै प्रदान गरिएको जिम्मेवारी पूरा गर्न मन वचन र कर्मले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्

Array