दोस्रो ललितपुर जिल्ला ब्यापी खुल्ला फुटबल (२०८०) प्रतियोगिता सम्पन्न

समदृष्टि
समदृष्टि ३ कार्तिक २०८०, शुक्रबार
2 Min Read
Aa

अस्मिर खड्का

 ललितपुर। “राष्ट्रको लागि खेल, स्वास्थको लागि खेल” भन्ने मुल नारा सहित न्यु जनचेतना युवा क्लब र गोदावरी वडा नं ६ को संयुत आयोजनामा गोदावरी नगरपालिका वडा नं ६ लप्से , भैंसे खोला, ललितपुरमा दोस्रो ललितपुर जिल्ला व्यापी खुल्ला फुटबल (२०८०) प्रतियोगिता सम्पन्न भएको छ । असोज २४ देखि कार्तिक १ गते सम्म सञ्चालन भएको उक्त खेलमा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य एवम् पूर्वअर्थराज्य मन्त्री उदय शमशेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुनाअधिकारी , नेपाली काङ्ग्रेस ललितपुर जिल्ला क्षेत्रीय सभापति सुन्दरमान थिङ र वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

संयुत आयोजनामा आयोजित फुटबल प्रतियोगितामा २८ वटा समुहहरू सहभागी भएका थिए । खेलमा प्रथम हुने समुहलाइ पुरस्कार रू. १,११,०००, दिर्तिय रू. ५५,००० र तिर्तिय .रू ३०,००० को व्यवस्था थियो ।

२८ वटा टिमहरु रहेको खेलमा राउन्ड अफ १४ को ग्रुप ए बाट चन्द्र भैरब युवा क्लब चापागाउँ र न्यू समाज सेवा नल्लु सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए भने ग्रुप बि बाट टिकाभैरब युवा क्लब र श्री सिङ्गे ढडुप युवा क्लब बुरुन्चुली सफल भएका थिए । ३० गते रहेको सेमिफाइनल चरणमा चन्द्र भैरबले न्यू समाज सेवालाई २-० ले पराजित गरेका थिए भने श्री सिङ्गे ढडुपले टिकाभैरब लाई पराजित गरी फाइनलमा प्रबेश गरेका थिए । १ गते रहेको अन्तिम चरणको खेलमा न्यू समाज सेवाले टिकाभैरबलाई पराजित गरि तेस्रो स्थान हात पार्न सफल भयो ।

 रोमान्चक रहेको फाइनल खेलमा श्री सिङ्गे ढडुपले २ -० ले चन्द्र भैरबलाइ पराजित गरि प्रथम स्थान हासिल पारेका थिए र चन्द्र भैरब दिर्तिय स्थानमा पुग्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array