नाटकीय पुनरागमन गर्दै सिटीले लगातार दोस्रो जित रचेको छ

समदृष्टि
समदृष्टि ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा बोरूसिया डर्टमण्डमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै सिटीले दोस्रो जित निकालेको हो ।रोमान्चक खेलमा सुरूआती एक गोलको अग्रता उल्टाएर म्यानचेस्टर सिटीको नाटकीय पुनरागमन गरेको हो । इतिहाद स्टेडियममा पहिलो हाफसम्म गोल रहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा जुड वेलीङघमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा एर्लिङ हालाण्डले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीलाई २-१ को जित दिलाए । यस जितसँगै समूह ‘जी’ को सिटीले २ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ। डर्टमण्ड ३ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

Array