टिभिएसको नयाँ एनटर्क १२५ रेस एक्स पी नेपाली बजारमा

समदृष्टि
समदृष्टि ४ आश्विन २०७९, मंगलवार
4 Min Read
Aa

काठमाडौं : टिभिएस मोटरले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडलमा टिभिएस स्मार्ट कनेक्ट टिएम कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरू छान्ने सुविधा हुनुको साथै हलुका भएकाले चलाउन सजिलो हुने कम्पनीले जानकारी दिएको छ ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटी प्ल्याट्फर्म सहितको स्कुटर सार्वजनिक गरिसकेको छ ।

यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडिलगायत अन्य थुप्रै कनेक्टिभिटि फङ्सनहरू समावेश गरिएको छ । १२५ सिसी सेग्मेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै  एक मात्र स्कुटर भएको कम्पनीको दाबी छ । 

पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।

कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ’नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्स पी लन्च गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।’ भर्खरै लन्च गरिएको यस स्कुटर उच्चशक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्ने नायकले बताए।  

यस स्कुटरले उत्कृष्ट कार्य सम्पादनको प्रतिवद्धता मात्रै नगरेर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले ग्राहकलाई थप आनन्द दिने बताइएको छ । 

यसको नयाँ विशेषता यसमा भएको ब्लुटुथ इनेबल्ड स्मार्ट कनेक्ट टीएम हो। जसलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्जगर्ने लगायत १५ छुट्टा–छुट्टै भोइस कमान्डहरू लिन्छ ।

यसले गर्दा राइडरहरूले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङ कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै, अपडेटेड र रिफ्रेस्ड युआई/युएक्स एवम् राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्ने बताइएको छ । 

त्यस्तै यसको अर्को अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइनुका साथै नियमित आवतजावत गरिरहने रुटहरू सेभ पनि गर्न मिल्छ । यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ। साथै यसमा भएको रेस टनेल फुएलइन्जेक्सन (आरटी–इफआई) इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्छ । 

त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरूले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रति घण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ ।

हेर्दा चिटिक्क परेको यो स्कुटरमा भन्दाभिन्दै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ । नामअनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको बताइएको छ । साथै स्पोर्टि रेडव्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ । ट्राइ–टोनकलर रिम सहितउपलब्ध यो स्कुटरको मूल्य तीन लाख पाँच हजार  नौ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array